प्राध्यापक डा.गाेविन्द केसी नेपाली चिकित्सा क्षेत्र सुधारका अभियन्ता हुन् । पटक-पटक चिकित्सा क्षेत्रको सुधार गर्न भनी उनी अनसन बसे । उनी एक अर्थोपेडिक सर्जन हुन् । २६ वर्षसम्म त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् विशेषज्ञका रूपमा काम गरेका उनले गत असोजमा अवकास पाएका थिए ।
बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रकाे दुरावस्था, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७ पटकसम्म अनसन बसेका थिए । हिजाेआज डा. केसीको दिनचर्या बेग्लै छ । कीर्तिपुरको एउटा घरमा डा. केसीको कोठा छ । बिहान ६ बजे उठ्ने उनी ८ बजेअघि नै १ गिलास तातो दूध पिएर कोठाबाट निस्कन्छन् र लाग्छन् उनको सधैँको गन्तव्यतिर ।
करिब १० मिनेट हिँडेपछि उनी आफ्नो गन्तव्यमा पुग्छन्, डडेल्धुरा अस्पताल । डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार अस्पतालमा दैनिक ७० जनाभन्दा बढी हाडजोर्नीका बिरामी आउँछन् । ‘पहिले दिनको ७० भन्दा बढी हाडजोर्नीका बिरामी आउँथे तर लकडाउन भएकाले अहिले १२/१४ जना मात्रै आउँछन् , उनले भने ‘हामीसँग अर्थोपेडिकका १ अर्का डाक्टर हुनुहुन्छ, उहाँ र डा. केसी दिनभर ती बिरामीलाई हेर्नुहुन्छ ।’ किर्तिपुर बजार डडेल्धुराको अमरगढी नगरपालिका–५ मा पर्छ ।
उनी डडेल्धुरा अस्पतालमै कार्यरत एक कार्यालय सहयोगीको घरमा बस्छन् । घरमा बसेबापत उनी दिनको ४ सय भाडा तिर्ने गर्छन् । अस्पतालका कर्मचारीसँग नमस्तेबाहेक नबोल्ने उनलाई सुरूमा बिरामीले चिन्दैनन् । सोही अस्पतालका कर्मचारी प्रकाशचन्द्र बुढाऐर भन्छन्, ‘बिरामीले सुरूमा चिन्दैनन्, चिनेपछि उहाँलाई छोड्दैनन् ।’
आज सोसल मिडियामा हामिले डा. गोबिन्द केसिको बारे एउटा फेस्स्बुक गुरुप मा डा. गोबिन्द केसि पनि रबि लामिछानेको पाटिमा प्रवेश गर्ने तयारिमा भन्ने गुरुप मा पोस्ट देखेउ । त्यो एउटा गुरुप मा आएको थियो हामिले जस्ताको तेस्तै साभार गरेर सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा प्रती देखाउन खोजेका छौ । खास मा यो खबर सत्य हो वा झुट हो भन्ने अझै बाहिर आएको छैन ।





















Discussion about this post