आलिया भट्ट गर्भवती

बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती छिन् । आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।

यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ ।

रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन । ’ आलियालाई आफ्नी छोरी मान्ने करण जोहरले पनि आफ्नो खुसी व्यक्त गरेका छन् ।

आलियाले इनस्टामा दुईवटा तस्बिर सेयर गरेकी छिन् । पहिलो फोटोमा उनी अस्पतालको बेडमा सुतिरहेकी छिन् र उनको सोनोग्राफी भइरहेको छ । कम्प्युटर स्क्रिनलाई ब्लर गरेर त्यसमा हार्ट इमोजी बनाइएको छ ।

यो पनि पढ्नुहोस
अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित