दुई सन्तानको आमा बन्दापनि ‘अप्सरा’ जस्तै सुन्दर संचिता (तस्बिरहरू)

नायिका संचिता लुइटेल नेपाली चलचित्र क्षेत्रमा चलचित्र अप्सराबाट डेब्यु गरेकी हुन् । उक्त फिल्मसँगै उनको सुन्दरताको निकै तारिफ भयो । उनको सुन्दरता अप्सरासँग नै तुलना गर्न थालियो ।

हाल संचिता करिब ५ बर्ष लामो विश्रामपछि पुनः ५ बर्ष पहिला नै फिल्ममा फर्कीएकी छन् । २ सन्तानलाई जन्म दिएकी संचिता अहिले चलचित्रमा व्यस्त छिन् । उनले चलचित्र ‘राधा’ साधै अन्य केही चलचित्रमा उनले अभिनय गरेकी छन् ।

उनले चर्चित नायक निखिल उप्रेतीसँग दोस्रो बिवाह गरेकी हुन् । हाल उनी निखिलसँगै बस्छिन् । उनी सामाजिक संजालमा पनि सक्रिय छन् । अझै पनि उनको सुन्दरताको चर्चा हुन्छ । हामीले उनको सोसल मिडियाबाट कहि तस्बिर साझा गरेका छाै ।

यो पनि पढ्नुहोस
अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित