‘आमाको बलात्कार भयो त्यसपछि म जन्मिएँ’: WWE की प्रस्तोताको खुलासा

एक चर्चित महिला प्रस्तोताले आफूलाई ‘प्रोडक्स अफ रेप’ बताएकी छिन् । कायला ब्राक्सटनले एक अज्ञात व्यक्तिले उनकी आमामाथि यौन उत्पीडन गरेका थिए त्यसपछि उनकी आमा गर्भवती भएको र उनको जन्म भएको खुलासा गरेकी छिन् ।

उनको यो बयान अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई समाप्त गरेपछि आएको हो । ३१ वर्षकी ब्राक्सटन डब्ल्यूडब्ल्यूईकी चर्चित प्रस्तोता हुन् । उनले हालै आफ्नो ट्वीटमा आफूलाई ‘प्रोडक्ट अफ रेप’ बताएकी छिन् ।

ब्राक्सटनले अमेरिकामा गर्भपतनमाथि रोक लगाएकोमा विरोध जनाएकी छिन् । डब्ल्यूडब्ल्यूई प्रस्तोताले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘म बलात्कारको देन हुँ । मेरी आमालाई एक अपरिचितले बलात्कार गरेका थिए । मेरा जैविक पिता को हुन् भनेर मलाई अहिलेसम्म पनि थाहा छैन । मेरी आमाले मलाई जन्माउने निर्णय गरिन् किनभने यो उनको इच्छा थियो । कानुनले उनलाई यस्तो गर्न बाध्य पारेका कारण गरेकी होइनन् ।’

‘हामीसँग आफ्नो चोइस हुनुपर्छ’
कायला ब्राक्सटनका अनुसार बच्चालाई जन्माउने कि नजन्माउने भन्ने कुरा महिलाको अधिकार हो । उनले भनेकी छिन्, ‘कानुन बनाएर कुनै नियम थोपर्नु हुँदैन । बच्चा जन्माउनु महिलाको स्वास्थ्य, जीवनसँग जोडिएको कुरा हो । हामीसँग आफ्नो चोइस हुनुपर्छ ।’

स्मरण रहोस्, अमेरिकाको सर्वोच्च अदालतले त्यहाँको ५० वर्ष पुरानो गर्भपतनको संवैधानिक अधिकार समाप्त गरेको छ । अदालतले गर्भपतनलाई कानुनरुपमा मञ्जुरी दिने कानुनलाई फेरिदिएको छ ।

त्यसपछि अमेरिकामा गर्भपतन गराउनका लागि महिलालाई मुश्किल भइरहेको छ । अदालतको यो निर्णयविरुद्ध देशका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित