एकै नम्बर प्लेटका दुई मोटरसाइकल : एकजना चालक ट्राफिकको सम्पर्कमा

गौशाला चोकमा फेला परेका दुईवटा मोटरसाइकल तर, नम्बर प्लेट समान । प्रदिपजंग क्षेत्रीले खिचेको सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्बिर सार्वजनिक भएसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुवै मोटरसाइकलबारे अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानबाट एकजना चालकलाई सम्पर्कमा ल्याएर सोधपुछ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए । गौशाला चोकको जाममा बाग्मती प्रदेश–०२–०२२ प २३८० नम्बरका ती दुवै मोटरसाइकल सँगै देखिएका हुन् ।

यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर एउटा मोटरसाइकललाई ट्राफिक प्रहरीले सम्पर्कमा ल्याएको छ । बजाज पल्सर मोटरसाइकलको नम्बर यातायात व्यवस्था कार्यालयबाट जारी भएको सक्कली नम्बर भएको पुष्टि भएको छ । ‘एकजना चालकलाई सम्पर्कमा ल्याएका छौं’ एसपी शर्मा भन्छन्–‘अर्को मोटरसाइकललाई खोजिरहेका छौं ।’

सम्पर्कमा आएका चालकले अर्का चालकले गौशाला चोकमा ‘मेरो नम्बर गलत भएछ’ भनेर प्रतिक्रिया दिएको ट्राफिक प्रहरीलाई बताएका छन् । यातायातले गल्ती नम्बर दिएको पनि हुनसक्ने अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अधिकृतले बताए ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित