राप्रपाकी विभागीय प्रमुखले छाडिन् पार्टी, रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने चर्चा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सामाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले पार्टी छाडेकी छिन् । युवा नेतृ संग्रौलाले सामाजिक संजालमार्फत आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेको घोषणा गरेकी हुन् ।

मंगलबार राति सामाजिक संजालमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनि राप्रपामा सामाजिक विभाग प्रमुख थिइन् ।समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी ज्वालाले दर्जनौं परोपकारी काम गरिसकेकी छिन् । राप्रपा छोडेपछि उनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने चर्चा चलेको छ ।

तर, यो बिषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । उनका समर्थक तथा शुभेच्छुकहरुले भने उनलाई लामिछानेले नेतृत्व गरेको रास्वपामा जान सुझाइरहेका छन् । छोटो अवधिमै राप्रपामा रहँदा उनले प्रभावकारी भुमिका निर्वाह गरेकी थिइन् ।

उनले जारी गरेको सन्देश यस्तो छ –
आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहनेगरि पार्टीबाट अलग्गिएको घोषणा गर्दछु । आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ , सपोर्ट र सम्मान रहिरहनेछ । यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु । अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस् ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित