पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने

पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।

पूर्व युवराज एवं डोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।

उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाउनुभएको थियो। कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित