भुवन केसीसहित ६३ जना फिल्मकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (फोटोफिचर)

सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अभिनेता भुवन केसीसहित ६३ जना कलाकारहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेका छन् । आज चलचित्र विकास बोर्डको २२औं वार्षिकत्सवको अवसरमा मन्त्री कार्कीले परिचयपत्र प्रदान गरेका हुन् ।

सरकारी विशिष्ट श्रेणीको परिचयपत्र पाउनेमा अभिनेताहरु भुवन केसी, धिरेन शाक्य, अर्जुनजंग शाही, कलाकारहरुमा राजाराम पौडेल, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, रवि गिरी, पवन मैनाली, उत्तम नेपाल, सन्तोष पन्त, किरण केसी लगायत छन् ।

डा.भोला रिजालले पनि परिचयपत्र प्राप्त गरेका छन् । कायविधि अनुसार फारम भरेका फिल्मकर्मीहरुले आज परिचयपत्र प्राप्त गरेका हुन् । परिचयपत्र प्राप्त गरेका ६२ जना फिल्मकर्मीहरुको १ लाख रुपैयाँ बराबरको बीमा समेत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित