गमलामा धान रोप्ने मन्त्री भन्दै भाइरल हरिबोज गजुरेलको तस्वीरको यस्तो छ वास्तविकता

गमलामा धान रोप्ने मन्त्री भन्दै भाइरल तस्वीर तत्कालिन कृषिमन्त्री हरिबोज गजुरेलको हो। गजुरेल २०७३ मा कृषिमन्त्री थिए र त्यस पटक गमलामा धान रोपेर असार १५ को धान दिवस मनाएका थिए।

बिहानै दौरासुरुवाल र कोट लगाएर राष्ट्रिय कृषि अनुसन्धान परिषद् पुगेका मन्त्री गजुरेलले गमलामा धान रोपेसँगै देशमा कृषिलाई निर्वाहमुखीबाट व्यवसायीकरण गर्न आधुनिकिकरणमा जोड दिनुपर्ने पनि बताएका थिए।

छेउमै उनलाई सघाउन एक महिला कर्मचारी मन्त्रीलाई गमलामा धान रोप्नका लागि बिउ समाएर बसेका थिए भने नजिकै अर्का पुरुष कर्मचारी चाहिँ करुवामा पानी हाल्न तम्तयार भएर बसेका थिए।

धान दिवसको अवसरमा गमलामा धान रोपेकोप्रति टिकाटिप्पणी भएपछि किसानसँग माफी पनि मागेका थिए। पत्रकार सम्मेलन गर्दै असार १५ अर्थात् गमलामा धान रोपेकोप्रति मन्त्री गजुरेलले माफी मागेका हुन् । गजुरेलले भनेका थिए, ‘मैले गमलामा धान रोप्दा किसान दाजुभाइमा कुनै समस्या परे क्षमा चाहन्छु । गमलामा धान रोपेर कार्यक्रम उद्घाटन गर्नुलाई अन्यथा नलिन सबैलाई आग्रह समेत गर्दछु ।’

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित