बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा आक्रमण नगर्ने बताएका थिए । बेलायती प्रधानमन्त्रीले युद्धलाई घातक पुरुषत्वको सबैभन्दा उपयुक्त उदाहरणको रूपमा वर्णन गरेका थिए ।
जी–सेभेन शिखर सम्मेलनमा सहभागी हुन गएका बेलायती प्रधानमन्त्रीलाई जर्मन सञ्चारमाध्यमले रुसका राष्ट्रपति पुरुष भएकाले पनि द्वन्द्वका लागि जिम्मेवार छन् कि भनेर प्रश्न गरेका थिए ।
यसको जवाफमा बोरिस जोनसनले जेडीएफ प्रसारकलाई भनेका थिए, ‘यदि पुटिन महिला भएको भए मलाई लाग्दैन कि उनले यस्तो पागलपन गर्दथे । स्पष्ट रूपमा पुटिन महिला होइनन् । पुटिनको ‘माचो छवि’ ले युद्ध र हिंसामा मद्दत गर्छ । यदि तपाईं घातक पुरुषत्वको कुनै उदाहरण हेर्न चाहनुहुन्छ भने, यो युक्रेनमाथिको आक्रमण हो ।’
बेलायती प्रधानमन्त्रीको यो टिप्पणीको जवाफ दिँदै रुसी राष्ट्रपति पुटिनले बिहीबार भने, ‘जब बेलायतले फकल्याण्ड टापुमा सैन्य कारबाही गर्यो, त्यहाँ प्रधानमन्त्री मार्गरेट थ्याचर थिइन् । फकल्याण्डमा बेलायतको सैन्य कारबाही साम्राज्यवादको संकेत थियो । बेलायत अझै पनि औपनिवेशिक मानसिकताबाट बाहिर निस्कन सकेको छैन ।’
वास्तवमा, पुटिनले मार्गरेट थ्याचर महिला प्रधानमन्त्री भएको र फकल्यान्डमा सैन्य कारबाहीको आदेश उनैले दिएकी थिइन् भनेर भन्न खोजिरहेका थिए ।
यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।
कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?





















Discussion about this post