राष्ट्रपतिले गर्नुभयो रथ रहने स्थान सफाइ, तस्बिरमा हेर्नुहोस् रथयात्रा (हेर्नुहोस् तस्बिरहरु)

राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ।रथयात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो । रथयात्रामा स्कोनमा आस्था राख्नेहरुका साथ सर्वसाधारणको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित