रवि लामिछानेको पार्टीका यी हुन् २१ जना केन्द्रीय सदस्य (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ । उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ ।

महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन । यस्तै निर्वाचन आयोगमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित