चीनले चन्द्रमा अधिग्रहण गर्ने तयारी गर्दैछ : नासा

चीनले आफ्नो ‘सैन्य’ अन्तरिक्ष कार्यक्रम अन्तरगत चन्द्रमालाई ‘अधिग्रहण’ गर्ने तयारी गरिरहेको नासाका प्रशासक बिल नेल्सनले आशङ्का व्यक्त गरेका छन् । शनिबार ‘बिल्ड’ मा प्रकाशित अन्तरवार्तामा नेल्सनले अमेरिका यसपटक चीनसँग अन्तरिक्षको रेसमा रहेको बताएका हुन् ।

उनले २०३५ सम्म चीनले चन्द्रमामा आफ्नो स्टेसनको निर्माण पुरा गरिसक्ने र त्यसको एक वर्षपछि त्यसको प्रयोग सुरु गरिसक्ने बताए । ७९ वर्षीय नेल्सनले चीन चन्द्रमा पुगेकोमा सबै चिन्तित रहनुपर्ने बताउँदै त्यसमा अब चीनको अधिकार हुने बताए ।

चीनको अन्तरिक्ष कार्यक्रमलाई ‘सैन्य अन्तरिक्ष कार्यक्रम’ बताउँदै चन्द्रमाको दक्षिणी ध्रुवका लागि प्रतिस्पर्धा तीव्र रहेको जिकिर गरे । त्यहाँ रहेको सम्भावित पानी भविष्यमा रकेटको इन्धन उत्पादनका लागि प्रयोग गर्न सकिने उनको भनाई थियो ।

चीनले किन अन्तरिक्ष कार्यक्रममा जोड दिइरहेको भन्ने प्रश्नमा नेल्सनले चिनियाँ अन्तरिक्ष यात्रीहरू अन्य देशको उपग्रहहरूलाई ध्वस्त बनाउन सिकिरहेको गम्भीर आरोप पनि लगाए । बेइजिङले आफ्नो महत्त्वाकाङ्क्षी अन्तरिक्ष कार्यक्रमलाई शान्तिपूर्ण उद्देश्यका लागि बताउँदै आए पनि नेल्सन त्यसको कटु आलोचक रहँदै आएका छन् ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित