हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।
सात वर्षको गोहीसँग भयो विवाह
रोयटर्सका अनुसारस्यान पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरे । विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसमेत अन्य रङ्गीन कपडा लगाइयो । मेयर दुलहाले गोहीलाई चुम्बन पनि गरे । यद्यपि, गोहीको मुख बाँधिएको थियो ।
यो परम्परा अन्तर्गत गोहीलाई एउटा सानो राजकुमारीको रुपमा लिइन्छ, जो धर्ती माताको प्रतिनिधित्व गर्ने देवी हुन् । मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ ।
ओक्साका राज्यको चोन्तल र हुआवे समुदायको यो परम्परा सयौँ वर्ष पुरानो हो । यसमा प्रकृतिलाई धन्यवाद दिइन्छ र भविष्यमा पनि उदार रहिरहन प्रार्थना गर्ने गरिन्छ ।
मेयर विक्टरले गोहीसँगको आफ्नो विवाहबारे भने, ‘हामी प्रकृतिसँग पर्याप्त वर्षाको माग गर्छौँ ताकि नदीमा पर्याप्त माछा होउन्, ताकि हामीले पर्याप्त भोजन पाउन सकौँ ।’
‘यसले मलाई असाध्यै खुसी दिलाएको छ र आफ्नो धरातलप्रति गर्व महसुस गराएको छ,’ एलिया एदिथ आगुइलरले भनिन् । एलियालाई धेरैले गडमदर भनेर चिन्छन् र उनैले यो विवाहको आयोजना गरेकी हुन् । उनले भनिन्, ‘यो कार्यक्रम आयोजना गर्ने सुअवसर मैले नै पाएँ । दुलहीलाई के लगाइदिने होला भनेर मैले धेरै समय बिताएँ ।’ ‘यो निकै राम्रो परम्परा हो,’ उनले मुस्कुराउँदै भनिन् ।
यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।
कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?





















Discussion about this post