देउती बज्यैको दर्शन स्वरुप ॐ लेखी पढ्नुहोस साप्ताहिक राशिफल, मनकामना पूरा हुनेछ

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता मेष राशि भएकाहरूका लागि दिनहरू सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । साताको मध्यमा सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता चलाखी पूर्ण बोलीले काम बन्ला । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्था र शेयरबाजारबाट राम्रै सफता मिल्न सक्छ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता अनावश्यक ठाउँमा धन खर्च होला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक कार्यमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्ता घुमफिरमा आकर्षण बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता कीर्तिमानी काम गर्ने समय छ । दैनिक कार्यमा प्रगति हुनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीबाट सहयोग मिल्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । सन्तान सुख पनि मिल्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो हप्ता लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित