मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
काममा समस्याको सामाना गर्नु पर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ । व्यापारमा गरेकोको लगानि सन्तोश प्रद रहनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मन हर्षित हुने दिन छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
मनमा हौसला बढनेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ, मन त्यसै त्यसै हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
सामान्यतया लाभ हुने नै दिन छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ । कृषिजन्य पेसाबाट लाभ लिन सकिंदैन ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
खर्च बढ्ने, गलत विचार बढ्ने, विबाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुने दिने छ । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुनेछ । खानामा पनि एकदमै सावधान रहनु होला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्न लाभ पनि होला ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामान्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योग छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै, टाढाको यात्रा हुने योग छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
पढाइ लेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैँया पैसाको पनि नाश हुने दिन छ, विचार गर्नुहोला । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन् । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।















Discussion about this post