कविता: नारी

म शब्द बिहिन भएकी छु
म संग शब्द छैन
जस्ले पीडा बाेल्न सकाेस्
जसरी झेल्दै छन् नारीले पीडा
गर्भ देखि नै तिरस्कृत हुनु पर्ने
छाेरा जन्मिदा मुस्कुराउने अनुहार
छाेरीकाे नाममा खुम्च्याउँने गर्छन् निधार

घर सम्हाल्ने हरेक काम अगाल्ने नारी
कसरी विगार्न सक्छिन् बुहारी बनेर ?
बुझ्दैन मान्छे बुझ्दैन याे समाज
छाेरी लाई देवि र भगवान मानेर पुज्ने
उनी किन बलात्कारकाे सिकार हुन्छिन्?

बँचाउ नारीलाई देउ सम्मान
गर असल व्यवहार
फाँसि देउ मानवरुपि दानवलाई
सरकार अन्धाे नहाेस्
अबुझ् नबनुन् न्यायालय?
सुनियाेस् आवाज बुझियाेस् पीडा
अबाेध नारीलाई दुर्ववहार
कसरी सर्वश्रेष्ठकाे ताज पहिरन्छ
खुलेआम बलात्कार कसरी हिड्न सक्छ ?

दाजु, भाई आफ्नै बाबा देखि असुरक्षित हुनुपर्ने
खै संरक्षण र अधिकार
खेलाैना जसरी खेल्छन्,
सामान जसरी प्रयाेग गर्छन्
लुट्छन् अस्मिता
कस्ताे निच साेच, कस्ताे विचार,कुविचार
बुझ्नै नसक्ने फरक फरक अनुहार
नारीले नै जन्म दिन्छ,
नारीकाे नै अपमान किन?

कयाै छाेरीहरू, कयौ आमा अनि बुहारीहरू
सन्त्रासमा बाँच्नु पर्ने
पैसा र स्वार्थमा निचोर्दै घाँटि
चपाउँदै स्तनका चोक्टा
राक्षस जसरी लुच्छन् शरीर
हे मानव हो
नगर नारी हिंसा
नारीको सम्मान गर
इज्जत देऊ
नारी देवी हुन्
नारी सृष्टि हुन्
त्यसैले नारीलाई
सम्मान व्यवहार गर

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं र उत्कृष्ट रचना पठाउने एक जनालाई पुरस्कृत गरिनेछ । लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित