ज्योतिष शास्त्रमा शुक्र राशि परिवर्तनको विशेष महत्व रहेको छ। शुक्र ग्रहलाई ऐश्वर्य, सौभाग्य, वैभव र सुखको कारक मानिन्छ। आज जुलाई १३ बाट शुक्र ग्रह वृष राशि छोडेर मिथुन राशिमा प्रवेश गरिसकेको छ।
अब अगस्ट ७ गतेसम्म शुक्र यस राशिमा रहनेछ। यस अवधिमा शुक्र परिवर्तनका कारण केही राशिका व्यक्तिहरूलाई अशुभ फल मिल्न सक्छ। जान्नुहोस् यी राशिका बारेमा।
कर्कट राशि -कर्कट राशिमा शुक्र गोचर १२ औं घरमा भएको छ। यो गोचर तपाईंको पारिवारिक जीवनको लागि शुभ छैन। यस अवधिमा तपाईंको खर्च बढ्न सक्छ।
कन्या राशि – कन्या राशिको दशौं घरमा शुक्र गोचर भएको छ। यो अवधिमा मिश्रित नतिजा प्राप्त हुन सक्छ। यस अवधिमा शत्रुहरूबाट सावधान रहनु आवश्यक छ।
वृश्चिक राशि – वृश्चिक राशिको आठौं घरमा शुक्र गोचर भएको छ। यो गोचर तपाईंका लागि शुभ मानिने छैन। वैवाहिक जीवनमा तनाव आउन सक्छ। खर्च बढ्न सक्छ।
मकर राशि – शुक्र मकर राशिको छैठौं घरमा गोचर गरेको छ। यस समयमा प्रेम सम्बन्धमा तनाव आउन सक्छ। यस अवधिमा धनको मामिलामा विशेष ध्यान दिनुहोला।
मीन राशि – शुक्र मीन राशिको चौथो घरमा गोचर गरेको छ। यो अवधिमा लगानी गर्दा धेरै सावधानी अपनाउन आवश्यक छ। ऋण लिनुपर्ने अवस्था आउन सक्छ।





















Discussion about this post