यस्तो रहेछ ‘आलेकी श्रीमती अविवाहित प्रमाणित’ गर्ने सिफारिसको वास्तविकता

सोमबार सामाजिक सञ्जालमा एउटा पत्र भाइरल छ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ८ ले अविवाहित प्रमाणित सम्बन्धमा गरेको एउटा सिफारिस पत्र भाइरल भएको हो।

जसमा ‘स्थानीय रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै पनि पुनः विवाह नभएकाले निज गौमाया आलेलाई अविवाहित सिफारिस गरिएको छ।’ भन्ने उल्लेख गरिएको छ। सिफारिस पत्रमा वडाअध्यक्ष होमबहादुर रानाले हस्ताक्षर गरेका छन्।

पत्र भाइरल भएपछि हामीले वडाध्यक्ष रानासँग वास्तविकता सोधेका छौं। उनका अनुसार सिफारिस पत्र वडा कार्यालयले आइतबार दिएको हो। ‘कार्यालयमा कामको चाप थियो, सेवाग्राही पनि थुप्रै थिए’वडाध्यक्ष रानाले थाहाखबरसँग भने, ‘पुनः विवाह नभएको भनेर दिनुपर्ने, हतारमा टाइप मिस्टेक हुँदा ‘अविवाहित’ भनेर दिइएछ।’

गौमाया एकल महिला हुन्। उनका श्रीमान रामबहादुर आलेको निधन भइसकेको छ। सामाजिक सुरक्षा भत्ताका लागि उनले आफ्नो पुन: विवाह नभएको सिफारिस वडा कार्यालयसँग मागेकी थिइन्।

‘उहाँ(गौमाया) ले एकल महिला भत्ताका लागि सिफारिस माग्नुभएको थियो, हतारमा गल्ती भयो। विपक्षी एकजना साथीले पत्र सामाजिक सञ्जालमा हालिदिनु भएछ।’ वडाध्यक्ष रानाले भने, ‘हामीले उहाँलाई हिजोकै मितिमा अर्को पत्र दिइसकेका छौं।’ (हेर्नुस् अर्को पत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित