अछाम। सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख बजेटमा बनिरहेको एक मन्दिरको फोटो भाइरल भएको छ। अछामको बान्निगढी जयगढ गाउँपालिका ९५ सुगालिमा बनिरहेको जाल्पा देवी मन्दिरको डिजाइन र बजेटको विषयलाई लिएर फोटो भाइरल बनेको हो।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ५० लाखको मन्दिरको हालत यस्तो हुन्छ भनेका छन। सामाजिक सञ्जाल प्रयोगकर्ताले राज्य स्रोतको चरम दोहन र भ्रष्टाचारको आशंका समेत गरेका छन्।
मन्दिरको काम चलिरहेको र आधा काम बाँकी नै रहेकाले यस्तो देखिएको मन्दिर निर्माण समितिका अध्यक्ष तर्क रावलको दाबी छ। काम अधुरै छ, उनले भने, डिजाइन यस्तै बनाउने थियो। जस्तो नक्सा आयो हामीले यस्तै बनाएका छौ।
अध्यक्ष रावलले प्रदेश सरकारको ५० लाख बजेटमा बनिरहेको उक्त मन्दिरमा थप ताम्रपत्रका लागि १५ लाख बजेट छुट्याइएको बताए।५० लाखमा हामीले मन्दिर र पर्खाल बनाइरहेका छौं।
काम पुरा भएको छैन, डिजाइन यस्तै बनाको हो । हामीले यस्तै बनायौ उनले भने। यस्तै मन्दिर निर्माण कार्यको अनुगमन गर्न नपाएको र अब चाडै नै आफूहरु अनुगमन गर्ने सो गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावलले बताईन । अब चाडै नै आफूहरु अनुगमन गर्ने उनले बताइन् ।





















Discussion about this post