प्रेम प्रस्ताव अस्वीकार गरेपछि परिवारकै अगाडि ‘घाँ’टी रेटियो’ हेर्नुहोस् मुटु काँप्ने भिडियो

ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । कारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै ह त्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा फेनिल गोयानीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको घाँ टी रे टी ह त्या गरिएको छ । ग्रिष्माकी काकी राधिकाले भनिन्, ‘यस्ता घटना जारी रहे हाम्रा छोरीहरु कसरी पढ्न पाउलान् ? सरकाले ब्यानर पोष्ट लगाएको छ, ‘बेटी बचाओ, बेटी पढाओ ।’ तर यस्ता घटना भइरहेको खण्डमा महिला सुरक्षासँग जोडिएका ब्यानर पोस्टर हटाउनु पर्छ । नारा लगाउन बन्द गर्नुपर्छ । ‘बेटी बचाओ’ को ब्यानरको साटो ‘बेटी बचाउनु छ भने उनलाई घरमा नै राख ’ भन्नुपर्छ । ’

अन्यले पनि पाठ सिकून् भनेर ग्रिष्माकी काकी फेनिललाई कडा स जाय दिन माग गरिरहेकी छिन् । उनले भनिन्, ‘ग्रिष्मामाथि जे भयो, त्यो अन्य छोरीमाथि हुनु हुँदैन । हाम्रा छोरीहरु कसरी सरक्षित रहलान् ? उनीहरु त्यतिबेला मात्रै सुरक्षित हुनेछन् जब राज्य सरकार पर्याप्त सुरक्षा प्रदान गर्नेछ । ’

ग्रिष्माकी आमा विलास वेकारियाले आफूले छोरीको लागि न्याय मात्रै मागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरी छोरी निर्दोष छिन् । उनको कुनै गल्ती थिएन तरपनि उनको ह त्या भयो । मलाई न्याय मात्रै चाहिएको छ । उसले मेरो आँखाको अगाडि छोरीको घाँ टी का टि दियो । यो सबै मैले मेरो आँखाले देखेकी थिएँ ।’

प्रहरीलाई दिइएको उजुरी अनुसार फेनिल पछिल्लो एक वर्षदेखि ग्रिष्मालाई त नाव दिइरहेको थियो । मुटु काँप्ने यो घट नाको भिडियो सोसल मिडियामा भाइरल भएको छ जसका कारण प्रहरी व्यवस्था र मानिसको सं वेदनशीलतामाथि प्रश्न उठिरहेको छ ।

गिष्मा वेकारिया अमरोलीको जेजे शाह कलेजबाट बी कम पढिरहेकी थिइन् ।ग्रिष्मालाई फेनिल पंजाक गोयानीले पछिल्लो एक वर्षदेखि त नाव दिँदै आएका थिए । फेनिल सूरतको कापुदारास्थित सागर सोसाइटीमा बस्दथे ।

‘ग्रिष्माको परिवारका सदस्यले यो मामिलालाई फेनिलको परिवारसम्म लिएर गएको थियो । ग्रिष्माका पिताका साथीसँगै उनकी मामा पनि फेनिलको परिवारसँग मिलेका थिए, उनले फेनिललाई नगर्न भनेका थिए । फेनिलले आफूले ग्रिष्मालाई पछ्याउन छोड्ने पनि बचन दिएका थिए ।’

उजुरीमा बताइएको छ – भ्यालेन्टाइन्स डेभन्दा दुईदिन अघि शनिबार बेलुका फेनिल ग्रिष्माको गाउँमा पुगे । ग्रिष्माले उनलाई देखेपछि आफ्नो ठूलो बुवा सुभाष वेकारियोलाई भनिन् । सुभाषले फेनिललाई रोक्ने कोसिस गरे, तर उनले पेटमा च क्कू हाने र घा इते बनाइदिए ।’

‘ग्रिष्माका १७ वर्षका भाइ र उजुरीकर्ता ध्रुवले पनि फेनिललाई रोक्ने कोसिस गरे, तर फेनिलले उनको हात र टाउकोमा पनि चक्कूले हम ला गरे ।’ ‘ग्रिष्माले पनि आफ्ना काका र भाइलाई बचाउने कोसिस गरिन् तर फेनिलले ग्रिष्माको घाँटीमा चक्कू राखिदिए । ग्रिष्माका आमा–बुवा र अन्य सदस्यले उनलाई छोडिदिन आग्रह गरिरहे तर उनले ग्रिष्माको घाँटी काटिदिए ।’

मिडिया रिपोर्टमा बताइएको छ, ‘जब उनलाई ग्रिष्माको मृ’त्यु भइसक्यो भनेर विश्वास भयो तब त्यहि चक्कूले आत्मह’त्या गर्ने कोसिस गरे ।’सूरतका डेप्युटी एसपी बीके वानारले भने, ‘अभियुक्तले आ त्मह त्या गर्ने कोसिस गरेका होइनन् । वास्तवमा उनी घटनास्थलमै उभिरहे ताकि ग्रिष्मालाई बचाउने कोसिस कसैले पनि नगरुन् । ग्रिष्मा भुइँमा लडेकी थिइन् र पीडामा छट्पटाइरहेकी थिइन् । खासमा उनी ग्रिष्माको मृ’त्यु सुनिश्चित गर्न चाहन्थे । उनले कसैलाई पनि टाढा आउन दिएनन्, न अस्पताल लैजान दिए ।’

फेनिलका आमाबुवाले आफ्नो छोराको स्थितिबारे थाहा पाउनका लागि आफूहरु अस्पतालसमेत नगएको बताए । यस्तै ग्रिष्माका पिता नन्दलाल अफ्रिकाबाट फर्किएपछि मात्रै ग्रिष्माको अन्तिम संस्कार गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित