अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गरेको विशेष समितिको प्रतिवेदनमा के छ ?

संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन सार्वजनिक गरेको छ। समिति सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधि सभा बैठकमा समितिको प्रतिवेदन पेश गरेका हुन्।

समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको हो । समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो ।

समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समयभित्र समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको थियो ।

करको दायरा हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएपछि तत्कालीन अर्थमन्त्री शर्मामाथि छानविन गर्न समिति गठन भएको छ। सो समितिले हालसम्म गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएको हो।

शर्मामाथि छानबिन गर्ने सरकारले ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव रहेका छन् । पढ्नुहोस पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित