शपथ खाएर राष्ट्रहित विपरित काम गर्ने जोसुकैलाई कारबाही हुनुपर्छ : भीम रावल

सांसद भीम रावलले शपथ लिइसकेपछि कानुनीरुपमा अनिवार्य पालना गर्नुपर्ने र नगरे कारबाही हुनुपर्ने कानुनी प्रावधानको माग गरेका छन्। मंगलबार संसदमा पेश भएको शपथ सम्बन्धी विधेयक,२०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद रावलले शपथ ग्रहरण गरेका व्यक्तिले राष्ट्रहित विपरित काम गरे जोसुकैलाई कारबाही हुनुपर्ने माग गरे।

कानुनमा शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी बहन गर्दा प्रचलित कानुनको पालना गरी मुलुक र जनताको हितका लागि कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्राही, खराब भावना नराखी इमान्दारीका साथ गर्नेछु भन्ने कुरा लेखिएको भएपनि त्यसो नगरेको भन्दै आपत्ती जनाए।

शपथसम्बन्धी कानुनमा उल्लेखित विषयभन्दा ठिक विपरित विदेशीसँग थर्कमान भइ, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो देखिएको उनको भनाइ छ।

उनले शपथसम्बन्धी कानुनको पालना नगर्दा एक प्रकारको निर्दलीय अभ्यासतिर देश धकेलिएको बताए। उनले भने,’ उनले निर्वाचनमा तालमेलमा कुरा गरिएको छ। नेपालको संविधानको धारा (२६९) ले समान विचारधारा भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्। यस्तो दलले निर्वाचनमा दर्ता गर्नुपर्नेछ। र यसको लागि काम गर्नुपर्ने लेखिएको छ,’उनले भने,’ त्यसको आमउल्लंघन गरिएको छ। एक प्रकारको निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको छ। अनि शपथको अर्थ के रह्यो ?’

त्यसकारण शपथ लिइसकेपछि यसलाई कानुनीरुपमा अनिवार्य पालना गर्नुपर्ने र नगरे कारबाही गर्ने प्रावधान राख्नुपर्नेमा उनले जोड दिए। एमसीसी सम्झौतामा सरकारले ठाडो उल्लंघन गरेको भन्दै सरकारमा बस्ने यस्ता व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए।

सार्वजनिक पदमा बसेका व्यक्तिहरुले संविधानको ठाडो उल्लंघन गरे निजहरुलाई कारबाही हुनुपर्ने कानुनी प्रावधान हुनुपर्ने भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए।

उनले भने,’ सार्वजनिक पदमा बसेका व्यक्तिहरुले संविधानको ठाडो उलंघन गर्ने, संविधान मिच्ने, राष्ट्रिय स्वाधिनतामाथि प्रहार गर्ने र देशका प्राकृति स्रोत साधनहरुलाई अरुको जिम्मा लगाउनेहरुलाई निजहरुलाई कारबाही हुने प्रावधान राख्नुपर्यो।’

नेता रावलले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनता र अखण्ड नेपालको हितविपरित कुनै पनि व्यक्तिले काम गर्यो भने प्रशासनभित्र उच्च तहमा बस्ने व्यक्तिलाई त्यो कुरा बाहिर भन्न पाउनुपर्ने अधिकार दिनुपर्ने माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित