आगलागीबाट घर जलेर बिचल्लीमा परेकी मर्डीले घर पाइन्

आगलागीबाट घर जलेर बिचल्लीमा परेकी झापाको मेचीनगर नगरपालिका-१४ की लख्खि मर्डीले घर पाएकी छिन्। मेची अभियानको पहलमा उनलाई घर हस्तान्तरण गरिएको हो।

आज (शुक्रबार) अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर हस्तान्तरण गरेका थिए। गत माघ १४ गते घर आगलागीका कारण जलेर नष्ट भएको थियो।

विगत १० वर्षअघि श्रीमान‍ले छोडेपछि दुई छोराको पालनपोषण गर्दै आएकी मर्डीको आगलागीले घरसँगै अन्नपातसमेत जलेको थियो। मर्डी स्थानीय चिया वगानमा मजदुरी गर्दै आएकी छन्।

मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी उनी घरविहीन बनेसँगै मेची अभियान काँकडभिट्टाले घर निर्माण कार्यक्रम सुरु गरेको मेची अभियानका संयोजक विजय डालमियाले बताए। गत फागुनमा घरको शिलान्यास पनि अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री शर्माले गरेका थिए।

मर्डीको घर निर्माणमा शर्माले झापा पुगेर श्रमदानसमेत गरेका थिए। नेता शर्मा र उनकी श्रीमती कविता शर्माले घर निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका छन्।

घर निर्माणमा देश तथा विदेशबाट विभिन्न व्यक्तिले सहयोग गरेको अभियानका संयोजक डालमियाले बताए। डालमियाका अनुसार घर निर्माणमा ४ लाख १७ हजार ६३९ रुपैयाँ खर्च भएको छ। घर जलेसँगै मर्डी भाटाले बारेर बनाएको भान्सा घरमा बस्दै आएकी थिइन्। अभियानले घर निर्माण गरी हस्तान्रण गर्दा उनी भावविहोल बनेकी थिइन्।

कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सबैको पहलबाट मर्डीको घर निर्माण सम्पन्न भएको बताए। मेची अभियानले मेचीनगर कै केवल निरौलाको घर निर्माणसमेत सुरु गरिएको शर्माले बताए। निरौलाको घर पनि आगलागीबाट जलेर नष्ट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित