सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । युवायुवती हरु मात्र होइन उमेर ढल्की सकेकाहरु पनि सामाजिक सञ्जालमा समय बिताउन थालेका छन् । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिकटक युवाहरु माझ लोकप्रिय बनेको छ । के युवा के केटाकेटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिकटक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।
आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डिलिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधै`का लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।
टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।
त्यस्ता भिडियोहरु पछि आफैँलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
टिकटकले भिडियो मोबाइलमा राख्न मिल्ने सुविधा दिएपनि कतिपयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी ‘सेभ’ गर्न सक्छौँ।





















Discussion about this post