जनैपूर्णिमामा शिवालय, देवालय र अन्य स्थानमा मेला (फोटो फिचर)

नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर शुक्रबार रक्षाबन्धन र जनै लगाउनेको घुइँचो लागेको छ। श्रावण शुक्ल पूर्णिमाको अवसरमा यहाँ घुइँचो लागेको हो।

यस दिनलाई ऋषि तर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्वका रूपमा हिन्दू धर्मालम्बीहरूले धूमधामसँग मनाउँछन्। जनैपूर्णिमाका दिन व्रतबन्ध संस्कार गरेका हिन्दू तागाधारीहरूले दाह्री, कपाल, नङ काटेर बिहान स्नान गरी शुद्ध भएर, शुद्ध वस्त्र पहिरेर विधिपूर्वक ब्राह्मणहरूद्वारा मन्त्र एवं स्तुति र पाठ गर्दै पुरानो जनै निकाली नयाँ जनै धारण गर्छन्।

रक्षाबन्धन भने सबैले बाँध्ने गर्छन्। जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोग व्याध निको हुने र रक्षा पनि हुने विश्वास गरिएको छ। त्यस्तै रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा परम्परा संस्कृतिलाई जर्गेना गर्न पाल्पाका मठ मन्दिरमा मानिसको भीडभाड देखिएको छ।

कोरोना संक्रमण उकालो लागिरहेपनि छिटपुट रूपमा माक्स लगाएर मानिसहरू मठ मन्दिरमा रक्षा बन्धन तथा जनै फेर्न झुम्मिएका थिए। हिन्दू धर्मालम्वीहरूको जनैपूर्णिमाको ताकाधारी बाहुन क्षेत्रीहरूको जनै फेर्ने र अन्य समुदायमा डोरो बाध्ने चलन रहेको छ।

पाल्पामा ब्रहमणले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान ऋषि तर्पणी गरेर मन्त्र द्धारा मन्त्रिएको जनै परिवर्तन गरी रक्षा कवजको रूपमा रक्षाबन्धन गरेका छन्।

पण्डितहरू आ-आफनो जजमानको घरघरमा पुगी रक्षा बन्धन गर्ने र जजमानले दक्षिणा तथा फलफूल दिने परम्परा रहेको छ। आजै ज्वाईहरू ससुराली पुगी रक्षाबन्धन गरिदिने र भान्जाहरू मामाघरमा पुगी रक्षाबन्धन गर्ने परम्परा रहेको छ।

यसैगरि तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई रक्षाको लागि राखी बाधिदिने चलन रहेतापनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ। पाल्पामा पनि आफ्ना दिदीबहिनीले दाजुभाइलाई राखी बाधिदिएका छन्।

यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडागुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ। क्वाटी खाएमा विभिन्न रोगहरू नलाग्ने र शरिमा रोगसँग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित