प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत गिरीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका एक चिकित्सकले भने ,’ क्यान्सरको अन्तिम चरणमा हुनुहुन्छ। उहाँको अवस्था ‘क्रिटिकल’ छ।’ चिकित्सकका अनुसार गिरीलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन।

उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्। पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ। गिरी झन्डै एकमहिनादेखि उपचारत छन्। उनले यसअघि भारतमा समेत उपचार गराएका थिए।

आजै दिउँसो कांग्रेस नेता बिमलेन्द्र निधि अस्पतालमै पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे बुझेका छन्। अस्पतालबाट फर्केर गिरीको स्वास्थ्य लाभको कामना गरेका छन्।

निधिले भनेका छन्,’ मेडिसिटीमा दोस्रो पटक प्रदिप गिरीलाई भेटेर बाटोमा फर्किदैछु। स्तब्ध र निरिह छु। ईश्वरी चमत्कारका लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं।’

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?..पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित