पाँच मुखे गणेश भगवानको दर्शन गर्दै पढ्नुहोस आजको राशिअनुसार तपाईंको भाग्य

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाँउमा धन नाश हुने दिन छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । स्वस्थताले काममा ढिला सुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मान सम्मान पनि पाइनेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित