चोलेन्द्रको बयान- एक कप चिया कसैको खाएको भए प्रमाणित गर्नूस्, राजीनामा दिन्छु

निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एसोसियनलाई जबर्जस्ती आन्दोलन गर्न लगाइएको बताएका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा उनले कसैको एक कप चिया खाएको भए प्रमाणित गर्न चुनौती दिएका छन्।

‘नेपाल बार एसोसियनको आन्दोलन परिचालित थियो। आन्दोलन गर्न लगाइएको थियो। जहाँसम्म विचौलियाको कुरा छ। प्रधान्यायाधीश हुँदै गर्दा कसैको एक कप चिया खाएको प्रमाणि गरिदिनुस्, म आफैँ राजीनामा दिन तयार छु,’ सांसदहरुको प्रश्नमा उनले भने।

उनले न्यायालय सुधारका लागि आफूले सक्दो प्रयास गरेपनि काम गर्न नदिएको बताए। उनले भने, ‘न्यायलय सुधारका लागि सक्दो प्रयास गरेँ। तर काम गर्न वातावरण दिइएन।’

समितिका सदस्य एकवाल मियाँका अनुसार जबरामाथि हालसम्म पाँच वटा प्रश्न सोधिएको छ। आचरण, पारिवारिक पृष्ठभूमि, विचौलियामाथिको प्रश्न, किन महाभियोगलगायत प्रश्नहरु उनलाई सोधिएको छ। सांसद मियाँका अनुसार जबरालाई सोधिने ४३ प्रश्नहरु रहेका छन्। प्रतिनिधिसभा संसदले महाभियोगबारे छानविन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित