प्रदिप खड्कासँग ८ बर्ष अघि नै बिहे गरेर डिपेन्डेन्टमा अष्ट्रेलिया लान तयार यी युवती को हुन् ?

प्रदिप खड्का नेपालका चर्चित अभिनेता हुन् । उनको चर्चा यति धेरै छ कि पछिल्ला नायक, महानायक भनिएकाहरु भन्दा उनी धेरै माथि पुगेका छन् । अझ चलचित्र प्रकाशको पोष्टर, टिजर बाहिर आएपछि त प्रदिप खड्का अत्यन्तै सफल अभिनेता हुन् भन्नेमा एकिन भएको छ । उनै चर्चित अभिनेताले आफ्नो गोप्यता खोलेका छन् ।

उनले आफू आजभन्दा ८ बर्ष अघि कुनै युवतीसँग बिहे गरेर अष्ट्रेलिया जान तयार रहेको बारेमा खुलासा गरेका हुन् । उनले ८ बर्ष अघि नै बिहेको इङ्गेजमेण्ट भएको हल्ला छ नी भनेर रंग पत्रकार प्रकाश सुवेदीले सोधेपछि उनले भने, इङ्गेजमेण्ट भएको होइन, तर बिहे गरेरडिपेन्डेन्टमा अष्ट्रेलिया जाने योजना भने भएको स्वीकार गरे ।

अब सोही युवतीसँग विहे हुन्छ ? अहिले कस्तो ? सम्वन्ध छ ? भनेर राखेको जिज्ञासामा उक्त युवती आफ्नो कलेजको साथी भएको बताए । हामी एउटै कलेज पढ्थ्यौँ । अहिलेपनि हाई हेलो छ ।

तर बिहे गर्ने समय आएपछि प्रस्ताव राखौँला । यहीसँग बिहे होला भन्ने अहिलेसम्म निश्चित छैन प्रदिपले भने । हिरो, हिरोइनहरु बिहेको बारेमा किन लुकाउँछन् भन्दा उनले समय पर्खिनुपर्ने तर बिहेको बारेमा जानकारी दिएर अहिले सेलिब्रेटीलाई घाटा नहुँने बताउँछन् ।

पहिले कुनै जमाना थियो । बिहे गरेको हिरो वा हिरोइन भनेपछि फिल्म नचल्ने हुन्थ्यो । तर अहिले दर्शकहरु आफ्नै संसारमा खुशी हुनुहुन्छ । सेलिव्रेटीको आफ्नै संसार छ । निश्चित सम्वन्ध सम्वाद भइरहेको नै हुन्छ । उक्त अन्तर्वार्तामा अभिनेता खड्काले आफूलाई अत्यन्तै ट्यालेण्ट अभिनेता रहेको पुष्टि गरेका छन् ।

उनीसँग भएको ज्ञान, दृष्टिकोण र बोल्ने क्षमता हेर्दा जो कोही मन्त्रमुग्ध हुने देखिन्छ । कार्यक्रमकै दौरानमा उनले मावन जीवनका लागि यति आर्दश कुरा दिए कि मानिस अभावले हैन, महत्वकांक्षाले दुखी हुन्छ । एउटा धनी व्यक्ति पैसा जतिपनि छ तर उसको महत्वकांक्षा धेरै छ भने त्यो महत्वकांक्षा उ सँग भएको रकमले कहिलै पूरा हुँदैन ।

तर गरिब जीवन धान्न समेत धौ–धौ छ तर सिमित महत्वकांक्षा छ भने त्यो पूरा हुँदा त्यो मानिस अत्यन्तै खुशी हुन्छ भन्ने उदाहरण सहित व्यक्त गरे ।उनले आफूपनि सिमित महत्वकांक्षा भएको व्यक्ति भएका कारण साह्रै खुशी देखिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित