नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै नेविसंघले गर्‍यो त्रिचन्द्रमा प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा विरोध प्रर्दशन गरेको छ।

प्रदर्शनका क्रमा उनीहरुले क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएका छन्। नेविसंघ पूर्व केन्द्रीय सदस्य विरेन्द्र गिरीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेपछि विरोधमा उत्रिनु परेको बताए।

विरोध प्रदर्शनमा हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान भएपछि सो क्षेत्रको यातायात केहिबेर अवरुद्ध भएको थियो। झडपका क्रममा केहि विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले जतिसक्दा चाँडो नेपाल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गरेका छन्।

संघीय संसदको दुवै सदनबाट पारित भइ नेपाल नागरिकता ऐेन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको छ। अहिलेसम्म प्रमाणीकरण भएको छैन।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित