बैंकको गल्तीले युवती बनिन् करोडपति, ११ महिनामा गरिन् २९ करोड खर्च

मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीं बैंकको गल्तीले पनि रातारात करोडपति बनिंदो रहेछ । एकजना युवती यसैगरी करोडपति बनिन् ।

बैंकको गल्तीका कारण आफू करोडपति बनेपछि ती युवतीले खर्च गर्नमा पनि कुनै कसर बाँकी राखिनन् । मात्र ११ महिनामा उनले करीब २९ करोड रुपैयाँ खर्च गरेर उडाइन् ।

जब बैंककलाई आफ्नो गल्ती महसुस भयो तब उसले ती युवतीलाई सम्पर्क गर्ने कोसिस गर्‍यो । तर बैंकले सम्पर्क गर्ने कोसिस गरेसँगै युवती फरार भएकी छिन् ।

अष्ट्रेलियाको सिड्नीमा बस्ने २१ वर्षीया क्रिस्टिन जियाक्सिन नामक छात्रा मेकानिकल इन्जिनियरिंगमा अध्ययनरत थिइन्। वेस्टप्याक बैंकले दुई वर्ष अगाडि गरेको गल्तीका कारण उनको खातामा भुलबस २६ लाख पाउण्ड बराबरको रकम जम्मा भयो ।

आफ्नो खातामा करोडौं रकम जम्मा हुन आएपछि दंगदास बनेकी क्रिस्टिनले सबैजसो पैसा खर्च गरेर उडाइन् । क्रिस्टिनले ११ महिनाभित्र निकै धेरै रकम खर्च गरिन् ।

गरगहनादेखि लत्ताकपडा खरिद गर्नेमात्र होइन पेन्ट हाउसमा आफ्नो महँगो पेन्टिंग बनाउने कामसम्म उनले गरिन् । उनले २५ सय पाउण्ड बराबरको रकम त आफ्नो अर्को बैंक खातामा सारिन्।

बैंकले सम्पर्क गर्न खोज्दा उनी फरार भइन् । बैंकले अनेक उपाय अपनाएर उनीमाथि १० करोड रुपैयाँ बराबरको रकम फिर्ता ल्याउन सफल भएको छ । तर अरु रकम उनले पचाउने सुर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित