अछाम पहिरोमा पुरिएर मृ’त्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो ।

तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । यस्तै पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ ।

उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।

अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति गरेपनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । अहिले बेपत्ताहरुको खोजी र घाइतेको उद्दारको काम भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित