हरेक मानिसलाई सत्कर्म गर्ने अवसर जीवनमा एक पटक प्राप्त हुन्छ । जसले त्यो समयलाई चिनेर काम गर्न सक्छ, उही इतिहासमा नाम लेखिने पात्र बन्छ ।
इतिहासमा यो अवसर सबै मान्छेले छोप्न सक्दैनन्, केही मान्छेले मात्र यो अवसर पाउँछन् र छोप्न सक्छन् । तिनै मान्छे इतिहासले सम्झने ऐतिहासिक पात्र बन्छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई इतिहासले एउटा मौका दियो । जुन मौका उहाँले छोप्नु भयो । नेपालाई दुर्घटनामा जानबाट जोगाउनुभयो । देशको सार्वभौमिकता र सार्वभौमसत्तालाई जोगाउने महान् कार्य गर्नुभयो ।
नेपालको इतिहासमा राजा त्रिभुवनले राणा शासन विरुद्ध विद्रोह गरेर देश छाड्ने आँट गर्नुभयो । त्यसैले उहाँ नेपालीका मनमा बस्न सफल हुनुभयो ।
गणेशमानसिंहलाई बहुदल प्राप्ति पछि राजा वीरेन्द्रले प्रधानमन्त्री पद दिँदा अस्वीकार गरिदिनुभयो । कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाइदिनुभयो । त्यसैले उहाँ सर्वमान्य नेता बन्नुभयो ।
मनमोहन अधिकारीले सामाजिक सुरक्षा भत्ताको कार्यक्रम ल्याउनुभयो । त्यसैले उहाँ सबै नेपालीको मनमा बस्नुभयो । हरक नेपालीको मुखमा झुण्डिनुभयो ।
गिरिजाप्रसाद कोइरालाको २०४६ पछिका कतिपय गतिविधि विवादित रहे । तर जीवनको अन्तिममा राजतन्त्र फाल्ने र गणतन्त्रमा जाने निर्णय गर्नुभयो । त्यसले उहाँका सबै नकारात्मक पक्षलाई सर्लक्कै पखालिदियो र इतिहास पुरुष बनायो ।
नेपालको इतिहासले एउटा त्यस्तै अर्को पात्र तयार गर्दै छ । त्यो नाम हो विद्यादेवी भण्डारी । विद्यादेवीको इतिहास नेपालकै पहिलो महिला राष्ट्रपति, पछि कोही भएनन् भने दुई पटकसम्म राष्ट्रपति हुने महिला । यो सामान्य इतिहास हो । सनराईज खबरबाट





















Discussion about this post