यी ४ राशिलाई निकै शुभ रहनेछ नवारात्री, मिल्नेछ आकस्मिक धन लाभ !

शारदीय नवरात्रि असोज १० गतेबाट सुरु भएको छ। यसपटक माता दुर्गा हात्तीमा सवार भएर आउनुभएको छ, जुन निकै राम्रो संकेत हो। माता हात्तीमा सवार भए देशमा खुशीको माहोल हुने विश्वास रहेको छ। साथै वैभव र ऐश्वर्य प्रदान गर्ने शुक्र असोज ८ गते कन्या राशिमा प्रवेश गरेको छ, जहाँ बुध ग्रह र सूर्य देवता पहिले नै अवस्थित छन्।

जसका कारण नवरात्रि त्रिग्रही योग बनिरहेको छ। यस योगको प्रभाव सबै राशिमा पर्नेछ। तर माता रानीको आशिर्वादले करियर र व्यापातमा अपेक्षित सफलता प्राप्त गर्न सक्ने ४ राशिका मानिस छन्। आउनुहोस् जानौं यी कुन राशिका मानिस हुन्।

वृष राशि यो नवरात्रि यस राशिका लागि धेरै शुभ साबित हुन सक्छ। तपाईंको राशिमा धनलाभको योग रहेको छ। माता दुर्गाको आशीर्वादले तपाईंको करियर समस्या समाधान हुनेछ।

नयाँ जागिरको प्रस्ताव आउन सक्छ वा जागिर गरिरहनुभएको छ भने पदोन्नति वा तलब वृद्धि हुन सक्छ। व्यापारमा नयाँ अर्डरको आगमनबाट राम्रो लाभ हुन सक्छ। वैदेशिक व्यापारसँग सम्बन्धित भएमा लाभको संकेत देखिन्छ।

मिथुन राशि माता दुर्गाको असीमित कृपा यस राशिमा रहनेछ र धार्मिक कार्यमा सक्रियतापूर्वक सहभागी हुनुहुनेछ। यस समयमा तपाईंको रोकिएको काम पूरा हुनेछ। साथै, आर्थिक स्थिति राम्रो हुनेछ। यस समयमा खर्चमा नियन्त्रण बढ्नेछ। यसका साथसाथै धन लाभको पनि राम्रो योग रहेको छ।

यसका साथै मान-सम्मानमा वृद्धि हुनेछ। नोकरी तथा व्यवसाय गर्ने व्यक्तिले आफ्नो लक्ष्य पूरा गर्न सफल हुनेछन्। सन्तान पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। बुध ग्रहको कृपाले आफ्नो करियरमा विशेष सम्झौतालाई अन्तिम रूप दिन सक्नुहुन्छ, जसले तपाईंलाई भविष्यमा राम्रो लाभ दिन सक्छ।

वृश्चिक राशि नवरात्रिमा त्रिग्रही योग बन्नु तपाईंका लागि शुभ साबित हुन सक्छ। यो योग तपाईंको गोचर कुण्डलीमा ११ औं स्थानमा बनिरहेको छ, जसलाई ज्योतिषमा आम्दानी र लाभको स्थान मानिन्छ। यस समयमा तपाईंको आम्दानी राम्रो हुने अपेक्षा गरिएको छ। माता रानीको कृपाले व्यापारमा राम्रो सफलता मिल्नेछ।

धनु राशि त्रिग्रही योग बनेर करियर तथा व्यापारमा राम्रो सफलता मिल्नेछ। यो योग तपाईंको गोचर कुण्डलीबाट दशम भावमा बनेको छ, जसलाई काम, व्यवसाय र जागिरको भाव मानिएको छ। तसर्थ, यस समयमा तपाईंले नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ।

साथै, यस समयमा व्यापारमा राम्रो लाभ हुन सक्छ। तपाईंको सामाजिक दायरा पनि बढ्नेछ र मानिसहरूमा तपाईंको छवि पनि सुधार हुनेछ। माता दुर्गाको कृपाले घरमा भइरहेको तनावपूर्ण परिस्थितिलाई सजिलैसँग सम्हाल्न सक्षम हुनुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित