जीवनमा सधैँ हिँड्नुहोस् यस्ता पथमा, कहिल्यै हुनु पर्दैन असफल !

मनुष्यको लागि सुखको मतलब भौतिक संसाधन मात्र हैन। चाणक्यका अनुसार सुखको वास्तविक मतलब आत्मसन्तुष्टि र आत्मासँग सम्बन्धित हुन्छ। उनका अनुसार मानिस सुखी हुनको लागि अरु केही गर्नुपर्दैन सिर्फ आफ्नो आचरणमा परिवर्तन ल्याए पुग्छ। आफ्नो नीति ग्रन्थमा चाणक्यले सुखको प्राप्तिको लागि थुप्रै कुराहरु वर्णन गरेका छन्।

सत्य चाणक्यका अनुसार सत्य नै वास्तविक सुख हो। सत्यको मार्गमा हिड्दा मिल्ने सुखको आनन्द सबैभन्दा उत्तम हुन्छ। सत्यको आवरणले मनुष्यको व्यक्तित्व सुशोभित गर्दछ।

त्याग मनुष्यको लागि सुखको बाटोमा सबैभन्दा ठुलो बाधा उसभित्र त्यागको भावना नहुनु हो। जुन व्यक्ति भित्र त्यागको भावना हुन्छ त्यसले परम सुख प्राप्ति गर्दछ।

अनुशासन अनुशासित व्यक्ति कुनै पनि काम गर्न सक्षम हुन्छन्। अनुशासनले नै उसलाई धैर्यवान बनाउँछ। साथै उसको जीवनशैलीलाई सन्तुलन प्रदान गर्दछ। चाणक्यका भनाईअनुसार अनुशासित व्यक्ति जीवनमा आईपर्ने हरेक कठिनाईलाई सजिलै सामना गर्न सक्दछन्।

अध्यात्म अध्यात्मलाई मानिसको मनलाई शान्ति प्रदान गर्ने उत्कृष्ट माध्यम मानिन्छ। अध्यात्मले नै व्यक्ति लाई ईश्वरसँग जोड्न मद्दत गर्दछ। मनको एकाग्रताको लागि अध्यात्म आवश्यक मानिन्छ।

प्रकृति प्रकृति मनुष्यको जीवनको लागि सबैभन्दा बढी आवश्यक छ। या फेरी यो पनि भन्न सकिन्छ कि प्रकृतिले नै मनुष्यलाई जीवन प्रदान गर्दछ। जन्म लिएदेखि मृत्युसम्म मनुष्यको सबै जरुरतको आधार प्रकृति हो। यसकारण प्रकृतिलाई आभार व्यक्त गर्नुपर्दछ। मनुष्यले सकेसम्म प्रकृतिको नोक्सान गर्नुहुन्न, सरंक्षण गर्नेतर्फ लाग्नुपर्छ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित