किशोरीको नागरिकता र जन्मदर्ताको उमेरमा २ वर्षको अन्तर ?

क्रिकेटर सन्दीप लामिछाने पक्राउपछि नाबलिग भनिएकी किशोरीको उमेरबारे पछिल्लो समय विभिन्न हल्ला बाहिरिएका छन्। नाबलिग ती किशोरीको उमेर १८ बर्ष नाघिसकेको भन्दै हल्ला फैलिएको हो। यसबारे एक टेलिभिजन कार्यक्रममै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आफूले त्यस्तो सुनेको अन्तरवार्ता दिएका छन्।

चन्दले भने, ‘तपाई मिडियाकर्मीहरुलाई बढी थाहा हुनुपर्ला कि १८ वर्षभन्दा माथि यस्तो खालको प्रमाण चाहि जुटिसकेको अवस्था छ । मैले बुझेको मैले सुनेको आधारमा- कन्फिडेन्सका साथ भन्न सक्छु जुन पिडित बालिका भनिएको छ उनको उमेर १८ वर्षभन्दा माथि छ । एक वर्ष उमेर घटाइएको छ भन्ने कुुरा सरकारी कागजातहरुले पुष्टि गरेको छ ।

सम्बन्धित उहाँको गाउँपालिका वडा पालिकाहरुले नेपाल प्रहरीले अनुसन्धान गर्दा । त्योबाट मलाई आशंका भयो कि कुनै न कुनै तरिकाले सन्दीपमाथि त्यस्तो खालको षडयन्त्र भएको हुन सक्छ ।

किनभने एज घटाइएको छ भन्ने कुरा आइसकेपछि त्यसको पुष्टि चाहिँ नेपालको कानून अनुसार १८ वर्षभन्दा मुनिको व्यक्तिलाई नाबालिग मानिन्छ । नाबालिगलाई सहमतिमा राखेको यौनसम्बन्ध पनि बलात्कार ठहर्छ । तर १८ वर्ष उमेर नाघेको अवस्थामा सहमतिको यौनसम्बन्ध दण्डनीय हुँदैन । त्यसैले यस घटनामा जाहेरीकर्ताको वास्तविक उमेर निकै महत्वपूर्ण हुन्छ ।’

उनले वि.सं २०७५/०८/१८ गते जन्मदर्ता लिएको र त्यो जन्मदर्ता हराएपछि अर्को प्रतिलिपी लिएको जानकारी नागरिक पत्रले प्राप्त गरेको छ । जानकारीअनुुसार नागरिकता बनाउन उनले २०७९ असार १४ गते जन्मदर्ताको प्रतिलिपि लिएकी हुुन् ।

जन्मदर्ताअनुुसार उनको उमेर १७ बर्ष नै रहेको जानकारी हामीले पाएका छौं । जानकारहरु प्रतिलिपिमा जन्ममिति फरक नपर्ने तर, मानविय वा प्राविधिक त्रुुटी हुुनसक्ने बताउँछन् ।

यस्तै, सन्दीप बचाउ संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पिडित भनिएकी किशोरीको नागरिकताको उमेर र जन्मदर्ताको उमेरमा दुई वर्षको फरक रहेको दावी गरेको छ। किशोरीको जन्मदर्ता र नागरिकता छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

सन्दीपको तर्फबाट बहसको तयारी गरिरहेका कानून व्यवसायी सरोज घिमिरेले पनि जाहेरीकर्ताको उमेरमा शंका गरे । ‘मैले पनि धेरै कुराहरु सुनिरहेको छु । तर हातमा प्रमाण नभएसम्म बोल्न मिल्दैन । जे होस, शंका गर्ने ठाउँ छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित