महजोडीको सम्मानमा एक हप्ता पछि सर्‍यो ‘लाखे’

फिल्म ‘लाखे’को रिलिज दोस्रो पटक पनि पोस्टपोन्ड भएको छ । भदौ ३१ गतेबाट कात्तिक ११ मा पुगेको यो फिल्म अब एक हप्ता पछाडि सर्दै कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

कात्तिक ११ गते महजोडीको फिल्म ‘महापुरुष’ आउने भएकाले ‘लाखे’ एक हप्ता पछाडि सारेको हो । महजोडीको सम्मानका खातिर फिल्मको प्रदर्शन धकलेको निर्देशक सम्राट बस्नेतले बताए ।

पछिल्लो समय नेपाली फिल्मको व्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा दुईटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिनुका साथै दुवै फिल्मलाई असर पर्ने भएकाले आफूहरु एकसाता पछि गएको निर्माता डिपी भण्डारीले बताए ।

उनले भने, ‘अग्रजहरुको सम्मान र सन्तुलित व्यवसायको पद्धती बसाल्नलाई हामी एक साता पछाडि सरेका हौं । यसले दुवै फिल्मलाई फाइदा गर्ने बिश्वास हाम्रो छ ।’

सस्पेन्स-थ्रिलर जनरामा निर्मित यो फिल्ममा नाम चलेका कलाकारहरुको ठूलो जत्था छ । सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

यसअघि सार्वजनिक भएको ट्रेलरले दर्शकलाई लोभ्याएको छ । सिजन अर्यालको कथा तथा निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।

सुजन प्रजापतिले खिचेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा आकाश बरालले लेखेका हुन् भने संवाद लेखनमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित