कुन राशि भएका ब्यक्तिको कुन उमेरमा भाग्य चम्किन्छ ? जानुहोस्!

हामी सबैलाई पैसा कमाउन र सुखी भइ जीवनयापन गर्न पाए हुन्थ्यो भन्ने लाग्दछ। कतिपयको जति मेहनत गरेपनि फल प्राप्त नहुने हुँदा निराश हुने गर्दछन । हिन्दू धर्मशास्त्रमा मात्र नभई भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ ।

आफ्नो भाग्यमा भए कर्म गरेपछि प्राप्त अबस्य हुन्छ तर भाग्यमा छैन भने जति कर्म गरेपनि त्यो नास हुन्छ । आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिदैछौँ ।भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ ।

केहि गरि तपाईको भाग्य चम्किहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । तपाइको भाग्य आफ्नो मेहनतमा हुने भएपनि आफ्नो जन्मकुण्डलीले समेत साथ दिनुपर्ने धर्मशास्त्रमा उल्लेख छ । धर्मशाश्त्र अनुसार कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ, हेर्नुहोस् ।

मेष राशि : १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ । वृष राशि : २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।

मिथुन राशि : २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ । कर्कट राशि : १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।

सिंह राशि : १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् । कन्या राशि : १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।

तुला राशि : २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ । वृश्चिक राशि : २२, २४, २८ र ३२औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।

धनु राशि : १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ । मकर राशि : २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने बताइएको छ।

कुम्भ राशि : २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ । मीन राशि : १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित