कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । उनको आज बिहान उपचारका क्रममा निधन भएको हो । शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए ।
विगत एक दशकदेखि अभिनयमा क्रियासिल तामाङले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् । तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् ।
तामाङलाई स्वास्थ्यस्थिति जटिल समस्या देखिएपछि दुई दिन अगाडि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तामाङ तमाङ गीतसंगीतको लोकप्रिय मोडल पनि हुन् । उनको आज नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ ।
प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक : गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भावनात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ । गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ । गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गर्नुभएको हो ।
सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’ मा सङ्ग्रहित गीत हो । एल्बम नोभेम्बर १३ मा विमोचन हुने गायक गुरुङले बताउनुभयो । एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो ।
म्युजिक भिडियोमा प्रकाश सपुत र रेश्मा घिमिरेले श्रीमान् र श्रीमतीको भूमिकामा अभिनय गर्नुभएको छ । म्युजिक भिडियोमा ‘जाने भए जाउ माया फर्की नआऊ माया’, ‘भन्थ्यौ तिमी म संसार थिएँ, सुख र दुःखमा ज्यानै दिन्थेँ’, ‘हात छोड्यौँ साथ छोड्याँै, सँगसँगै हिँडेको बाटै मोड्याँै’, ‘माया छोडी गएपछि दिल तोडी गएपछि’ लगायत बोलका गीत समावेश गरिएको छ ।
बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’मार्फत् सार्वजनिक भएको हो । हाल अमेरिकामा बस्दै आउनुभएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ ।





















Discussion about this post