अभिनेत्री रिस्ता बस्नेतले सार्वजनिक गरिन् अमेरिकन प्रेमीः भनिन्- “चाँडै बिहे गर्ने योजना छ”

अभिनेत्री रिस्ता बस्नेतले ‘हिजोआजका कुरा’ प्रिमियरमार्फत प्रेमी सार्वजनिक गरिन् । दुवै जनाले मिडियासँग रिलेसनसिपबारे पनि खुलासा गरिन् ।फिल्म ‘हिजोआजका कुरा’को प्रिमियर जमघटमा मात्र सीमित रहेन । त्यो जमघट ‘सेलिब्रिटी गसिप’को थलो समेत बन्यो ।

रिस्ताका प्रेमी अजय सिंह ठकुरी अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र उनी हालै नेपाल आएका हुन् । आफूहरु झण्डै एक वर्षदेखि रिलेसनसिपमा रहेको रिस्ताले खुलाइन् । चाँडै बिहे गर्ने योजना समेत रहेको सुनाइन् ।

आफूहरु साथीभन्दा माथि रहेको स्वीकार्दै रिस्ताले आफूलाई अजयको धैर्य गर्ने क्षमता मनपर्ने बताइन् । ‘मलाई कसैले खुसीपूर्वक झेल्न सक्छ भने उहाँ नै हो,’ उनले भनिन् ।

अजयलाई पनि रिस्ताको बोली, आँखा र बानी व्यहोरा मनपर्दो रहेछ । आफूहरु यसअघि पनि दुईवटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको पनि रिस्ताले बताइन् ।

नायिका रिस्ता बस्नेतले बिबाह गर्ने भएकी छिन् । प्रेमी अजयसिंह ठकुरीसँग रिस्ताले चाँडै नै कोर्ट म्यारिज गर्ने भएकी हुन् । बुधबार आयोजित फिल्म हिजो आजका कुराको प्रिमियरमा रिस्ता प्रेमी ठकुरीसँगै पुगेकी थिइन् । रिस्ता र अजयले मिडियामाझ पोज दिदैं आफुहरु सम्बन्धमा रहेको स्विकार गरेका थिए ।

कोर्ट म्यारिज चाहिं चाँडै गर्छौं होला, रिस्ताले भनिन्, भव्य विवाह अलि पछि गर्ने योजना छ । अमेरिकामा बस्दै आएका अजयसँग रिस्ताको टिकटक मार्फत सम्बन्ध जोडिएको थियो ।

धादिङ घर भएका अजय अमेरिकामा परिवार सहित बस्दै आइरहेका छन् । ‘होस्टेल’बाट अभिनय यात्रा सुरु गरेकी रिस्ताले एक दर्जन बढी फिल्महरुमा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित