२ हजार वर्षपछि तिहारमा बन्दैछ ५ राजयोग : ३ राशिलाई धनलाभसँगै भाग्योदयको प्रबल योग

वैदिक ज्योतिषका अनुसार यस वर्षको दीपावली केही विशेष हुनेछ किनकी यस वर्षको दिपावलीमा ५ राजयोग बन्दैछ। लगभग २ हजार वर्षपछि यो राजयोग बनेको हो।

यस दीपावलीमा मालव्य, शश, गजकेसरी, हर्ष र विमल नामक राजयोगहरू बनिरहेका छन्। यस दिन बृहस्पति, शनि, शुक्र र बुध ग्रह आ-आफ्नो राशिमा रहनेछन्।

साथै शनिको दृष्टि बृहस्पतिमा रहनेछ। यी पाँच शुभ योगमा पूजाआजासँगै किनमेल, लेनदेन, लगानी र नयाँ कामको थालनी गर्नु शुभ हुनेछ। यसका साथसाथै यी राजयोगको प्रभाव सबै राशिहरुमा देखिनेछ। तीमध्ये ३ राशिका जातकले यस समयावधिमा राम्रो धनलाभ र व्यापारमा प्रगति गर्नेछन्। आउनुहोस् जानौँ ती राशिहरु कुन-कुन हुन् त ?

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द : –
पाँच राजयोग बन्दा कुम्भ राशिका मानिसहरुका करियर र व्यापारमा प्रगतिको योग बन्नेछ। यस समयमा तपाई आर्थिक रूपमा बलियो बन्नुहुनेछ। साथै लामो समयदेखि रोकिएको काम पनि बन्नेछ। व्यापार व्यावसायमा राम्रो आम्दानी हुनसक्छ। व्यापारमा लगानीका लागि यो समय अनुकुल रहेको छ। साथै सवारी साधन, भूमि, भवन आदि खरिद-बिक्रीको योग बन्न सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे : –
पाँच राजयोग बन्दा सिंह राशिले हरेक क्षेत्रमा सफलता हासिल गर्नेछन्। यस अवधिमा लामो समयदेखि कतै अड्किएको पैसा फिर्ता पाउन सकिनेछ। जागिर खानेहरुको आम्दानीमा पनि वृद्धि हुने सम्भावना छ। साथसाथै सन्तानको पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। शेयरबजार, लोट्टरी आदिमा लगानी गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। साथै, प्रतिस्पर्धात्मक परीक्षामा भाग लिनेहरूले सफलता पाउन सक्छन्। लामो समयदेखि रोगहरुबाट ग्रसित मानिसहरुले रोगबाट अन्तत: मुक्ति पाउनेछन्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते: –
पाँच राजयोगको निर्माणले तुला राशिका जातकको सुखद् दिन सुरु हुनेछ। शनिदेवले तुला राशिको कुण्डलीमा शश नामक राजयोग बनाउँदैछ। तसर्थ, यस समयमा तपाईले व्यापारमा राम्रो पैसा कमाउन सक्नुहुन्छ। ठूलो व्यापार सम्झौता हुन सक्छ।

व्यापारिक कामको शिलशिलामा साना या ठूला यात्राको अवसर जुर्न सक्छ। साथै फिल्म लाइन, मिडिया लाइन र फेसन डिजाइनिङसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय शुभ साबित हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित