यसरी गर्नुहोस् दीपावलीको दिन लक्ष्मी पूजाको तयारी, सधैँ रहनेछ लक्ष्मीको कृपा !

कार्तिक महिनामा कृष्ण पक्षको औंशी तिथिको दिन लक्ष्मी पूजा पर्छ। यस दिनलाई दीपावली पनि भनिन्छ। यो दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। यस दिन पूरा विधि-विधानका साथ लक्ष्मीको पूजा गर्दा घरमा सुख-समृद्धि आउने विश्वास गरिन्छ।

वास्तुका अनुसार देवी लक्ष्मीलाई स्वागत गर्न घर सजावट गरेर तपाईं धनकी देवीको कृपा पाउन सक्नुहुन्छ। वास्तुका अनुसार यी उपाय गरेर लक्ष्मी पूजा गर्दा देवीको आशिर्वाद प्राप्त हुन्छ।

कुनै पनि शुभ कार्य गर्दा घरको मूल ढोका सबैभन्दा पहिले सजाइन्छ। माता लक्ष्मीलाई स्वागत गर्न तपाईंले मुख्य ढोकाको साथ घर पनि सजाउनु पर्छ। आँपको पातलाई अत्यन्तै शुभ मानिन्छ।

सबै पूजा-पाठक कर्मका लागि आँपका पातहरूको प्रयोग गरिन्छ। त्यसैले, दीपवलीमा आँपको पात र सयपत्री फूल प्रयोग गरेर घरको मुख्य द्वार सजाउनुहोस्। पूजा घरको सजावटको लागि पनि आँपको पात र सयपत्री फूल प्रयोग गर्नुहोस्।

वास्तुका अनुसार घरको मुख्य प्रवेशद्वारमा हुने कुनै अवरोधलाई शुभ मानिदैन। जसको मुख्य द्वारमा कुनै अवरोध छ, त्यहाँ धन र समृद्धिको आगमनमा पनि अवरोध आउँछ।

दीपावलीमा घरमा देवी लक्ष्मीको आगमन हुन्छ। त्यसैले, यदि मुख्य द्वारमा इट्टा, ढुंगा वा अन्य कुनै भारी चीजहरू छ वा मुख्य ढोकामा अवरोध छ भने त्यसलाई तुरुन्तै हटाउनुहोस्।

हाम्रो धर्म र वास्तु दुबैमा स्वस्तिक चिन्ह अत्यन्तै शुभ मानिन्छ। धार्मिक वा कुनै पनि शुभ र नयाँ काम सुरु गर्नु अघि स्वस्तिकको छाप तयार पारिन्छ। दीपावलीमा सिन्दूरले घरको ढोका र भित्ताहरूमा स्वस्तिक चिन्ह बनाउनुहोस्। यसले सकारात्मक उर्जाक साथै माता लक्ष्मीको कृपा प्राप्त हुन्छ।

वास्तुमा दिशाको पनि महत्व रहन्छ। वास्तुका अनुसार पूजा गर्ने क्रममा साधकको अनुहार र देवीदेवताहरूको मूर्तिलाई ठीक दिशामा राख्नु धेरै महत्त्वपूर्ण हुन्छ। दीपावलीमा देवी लक्ष्मी र धनका देवता कुबेर जीको मूर्ति उत्तर दिशातर्फ राख्नुहोस्, ताकि पूजा गर्दा तपाईंको अनुहार उत्तर दिशातर्फ होस्।

जहाँ सकारात्मक उर्जा हुन्छ, त्यहाँको वातावरण सुखमय र शान्तिपूर्ण हुन्छ। दीपावलीको भोलिपल्ट बिहान गंगाजल, बेसार, कपुर मिलाएर मुख्य ढोका र घरका अन्य भागमा छार्कनुहोस्। यसो गर्नाले घरमा सकारात्मक उर्जा आउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित