अमेरिकाले नि तिमीलाई बचाउन सकेन छोरा……!

जस्तोसुकै परिस्थितिमा पनि सहनु र नयाँ गन्तव्यका लागि यात्रा तयगर्दै स्वर्णिम सपनाहरूमा डुबुल्की मार्दै अगाडि बढ्नु नै जीवन रहेछ। छोरा स्वाभिमानको जन्मपछि कैंयन सपनाहरू जुर्मुराएका थिए।

कहिले छोरा उत्कृष्ट डाक्टर बनेर गरिब, पिछडिएका वर्गको बिरामीको उपचार गरेको त कहिले न्याय नपाएर व्यवस्थापिका र न्यायालय धाइरहेका पीडितलाई न्यायको रुपमा स्वर्णिम अक्षरले कुँदेका तर उजाड बनेका कानुनका ठेलीमा छोरो घोत्लिरहेको सपना देख्थेँ।

उता प्रिय सगुनले प्रशासकीय भूमिकामा बसेर सुव्यवस्थाका लागि निरन्तर कर्मशील भएर देशको राष्ट्रसेवक बनाउने सपना बुन्थिन्। छोरो ठूलो भएपछि उसले कोरेका सपनाहरूमा हामी पक्कै सारथी बन्ने र अन्तत: गरिबी, दु:ख, पीडामा मलम लगाउने कार्यमा भने हामी उसलाई पक्कै डोर्‍याउने योजनामा थियौं।

समय कहाँ हाम्रो योजनामा चल्दो रहेछ र! छोरो स्वाभिमान दुई वर्ष पूरा भएपछि बाइलेटरल विल्म्स ट्युमर (किड्नी क्यान्सर) बाट पीडित बने। हाम्रा सपनाहरू चकनाचुर मात्रै भएनन्, आफ्नै यात्राहरू पनि रोकिने अवस्थामा पुगे।

करिब ४ महिना नेपाल उपचार पछि बाबुलाई थप उपचारका लागि अमेरिका लग्यौँ, त्यो पनि प्रिय सगुनको साथमा मात्र। यता मलगायत परिवारजनले भगवानसँग प्रार्थना गर्नुभन्दा अर्को कुनै उपाय लागेन। अमेरिका लगेपछि बाबुमा आएको सुधारले लगभग बाबु जन्मिँदा जत्तिकै खुसीयाली मिलेको थियो ।

त्यो विदेशी भूमि, प्राणघा-तक रोगबाट गुज्रिएको छोरा, एक्लो बसाइ। जतिसुकै पीडादायी भए पनि सुनौलो दिनको पर्खाइमा सगुन पनि दुःख भित्रको सुखको काल्पनिक महासागरमा रमाइरहेकी थिइन्।

सेन्ट ज्युड इन्टरनेशनल चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्च सेन्टर जस्तो बाल क्यान्सरको विश्व प्रख्यात अस्पताल र ग्लोब रिसर्चमा सहभागी डाक्टरको समूहबाट उपचार गराउँदा छोरो ठिक नहुने भन्ने नै हामी पारिवारलाई लागेन।

बिहान उठेदेखि साँझसम्म नै म विद्यार्थीहरूको साथमा हुन्थेँ। साँझ परेपछि छोराको खुसी सहितको हाँसोले दिनभरिको थकाइ बिर्सिन्थेँ। मनमनै सोच्थेँ, त्यति सानो उमेरमा किमो, रेडियसनको असर कति भएको होला? कहिले हनहनी ज्वरोले सताउँथ्यो त कहिले लगातारको पखाला र बान्ताले सताउथ्यो। (यो सामग्री हामीले सेतोपाटीबाट लिएका हाैँ सेतोपाटीमा प्रकाशित सामाग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित