बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोरालाई इन्डस्ट्रीको सबैभन्दा मनपर्ने जोडी मानिन्छ । उनीहरुको सम्बन्धको खबर सुनेर फ्यानहरु निकै खुसी भएका छन् ।

दुवैले छुट्टिएको खबर बाहिरिएको छ । मलाइका विगत छ दिनदेखि घरबाट बाहिर निस्केकी छैनन्। यी दुई पटक पटक सार्वजनिक रुपमा सँगै देखिएका छन् । दुबैको रोमान्टिक स्टाइल धेरै लंच र डिनर पार्टीहरूमा देख्न सकिन्छ।

तर, केही समयअघि दुवैले उमेरको अन्तरलाई लिएर कमेन्ट गर्ने ट्रोललाई जवाफ दिएका थिए । दुबैले आफुहरुले कसैको वास्ता नगरेको बताएका थिए ।

तर अहिले दुवैले छुट्टिएको खबर बाहिरिएको छ । मलाइका विगत छ दिनदेखि घरबाट बाहिर निस्केकी छैनन्। उनी पूर्ण रूपमा आइसोलेसनमा रहेकी छिन्।

मलाइका निकै दुखी छिन् र केही समयका लागि सबैबाट टाढा बस्न चाहन्छिन्। केही दिनयता अर्जुन कपुर पनि मलाइकालाई भेट्न गएका छैनन् । तीन दिनअघि अर्जुन कपूर आफ्नी बहिनी रिया कपुरको घरमा डिनरका लागी गएका थिए ।
रिया मलाइकाको घर नजिकै बस्छिन्, तर पनि अर्जुन कपुर मलाइकालाई भेट्न गएनन् । अर्जुन र मलाइका प्रायः कफी र डिनर डेटमा गईरहन्थे तर केही समयदेखि त्यसो देखीदैन ।
यी सबै कुराले यी दुईबीचको सम्बन्ध राम्ररी चलिरहेको छैन भन्ने देखाउँछ। यसैका कारण बलिउडमा मिडियाहरूले यी दुइको ब्रेकअप भएको हल्ला चलाइरहेका छन् ।
कामको कुरा गर्दा, अर्जुन कपूरसँग अहिले धेरै प्रोजेक्टहरू छन्। अर्जुन कपूर पछिल्लो पटक फिल्म ‘भूत पुलिस’ मा देखिएका थिए । यसमा उनी बाहेक सैफ अली खान, यामी गौतम र ज्याकलिन फर्नान्डिजको मुख्य भूमिका थियो ।





















Discussion about this post