पतिले जिउँदै गाडे, एप्पल वाचले बचायो महिलाको ज्यान

एप्पल वाच एक स्मार्ट घडी मात्र होइन, यो एक जीवन रक्षाकवच हो भन्ने पुनः एकपटक पुष्टि भएको छ । एप्पल वाचले मानिसको ज्यान जोगाएका समाचार यसअघि पनि आउने गरेका थिए ।

बिरामीका अलावा यो स्मार्ट घडी कठिन समयमा पनि मानिसको काम आउँछ । र, कहिलेकाहीं मानिसको ज्यानै जोगाउँछ । हालै अमेरिकाको वासिङ्टनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

त्यहाँ एक पुरुषले आफ्नी पत्नीलाई जिउँदै गाडेका थिए । ती महिलाको मद्दत गर्न र गुहार लगाउन त्यहाँ आसपासमा कोही पनि थिएन । तर महिलाले आफ्नो हातमा लगाएको एप्पल वाच उनका लागि जीवनदाता बन्यो र उनको ज्यान जोगाइदियो ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार ४२ वर्षकी यांग सूक एक दिन घरमा एक्लै थिइन् । त्यहीबेला उनका ५३ वर्षीय पति चाय क्योंग एन पनि घर पुगे । ती दुईबीच लामो समयदेखि सम्पत्तिको विषयलाई लिएर विवाद भइरहेको थियो र दुवैजना छुट्टाछ्ट्टै बस्दै आएका थिए ।

उनीहरुको सम्बन्ध विच्छेदको मुद्दा पनि चलिरहेको थियो । घरमा पत्नी एक्लै भएको मौका छोपेर चाय क्योंगले पत्नीको अपहरण गरे र उनीमाथि चक्कुले आक्रमण गरे । उनका हातखुट्टा बाँधेर गाडीको डिकीमा राखी जंगलमा पुर्‍याए र त्यहाँ रहेको एउटा खाडलमा खसालिदिए ।

त्यसपछि माथिबाट माटोले पुरिदिए । उनले पत्नीको मुखमा टेप टाँसिदिएका थिए, ताकि उनी चिच्याएर गुहार माग्न नसकुन् । ती महिलाले अनुसन्धानकर्ताहरुलाई बताएअनुसार उनी घण्टौंसम्म त्यहीं माटोमुनि नै रहिन् ।

तर संयोगबस उनले केहीबेरमै सास फेर्नका लागि सानो प्वाल बनाइन् र अँध्यारो होउन्जेलसम्मका लागि पर्खिइन् । उनी आफ्नो ज्यान जोगाउन निकै संघर्ष गरिरहिन् । त्यसपछि उनले आफूले लगाएको एप्पल वाचको सहयोगमा आफ्ना आफन्तलाई अलर्ट मेसेज पठाइन् ।

उनको एप्पल वाचको सन्देशको आधारमा आफन्तहरुले प्रहरीलाई खबर गरे र प्रहरी एप्पल वाच ट्रयाक गर्दै उनी पुरिएको ठाउँसम्म पुगेर उनलाई उद्दार गर्‍यो । पत्नीलाई जिउँदै गाड्ने क्योंग एनलाई प्रहरीले पक्राउ गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित