एकाबिहानै तपाईले यस्ता बस्तु देख्नुभयो भने, सम्झिनुहोस् त्यो शुभ संकेत हो ! दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ।विहानै देखिएका यस्ता बस्तुले दिनेछ तपाईलाई शुभ संकेत भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ।धार्मिक विस्वास अनुसार विहानै देखिएका यस्ता बस्तुले दिनेछ तपाईलाई राम्रो संकेत।
भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।
त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ अथवा अशुभ हुन्छ ।
श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । त्यस्तो खालको दृश्य यदी तपाइँले देख्नुभयो भने लाभ मिल्न सक्छ ।
धर्मग्रन्थ स् विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने पनि राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि त्यो दिन शुभ रहने विश्वास छ ।
गाई विहान उठ्ने वित्तिकै गाई देखियो भने पनि त्यो दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
आगो स् विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।कुकुर स् शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख गरिएको छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । हाम्रा अन्य समाचार पनि पढ्नुहोस् ।





















Discussion about this post