आउँदो १ हप्ता खुब पैसा कमाउनेछन् यी राशिले, धन र खुशीले भर्नेछन् मङ्गलदेवले पोल्टा

ज्योतिष शास्त्रमा ग्रह र नक्षत्रहरुले महत्त्वपूर्ण भूमिका खेल्छन्। शास्त्र अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको शुभ-अशुभ प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। हालै मङ्गल ग्रह मिथुन राशिमा वक्री भएको छ।

मङ्गल ग्रहलाई साहस र वीरताको दाता मानिन्छ। यो कात्तिक २७ गते आइतबारसम्म मिथुन राशिमा वक्री रहनेछ। यस्तो अवस्थामा आउँदो एक हप्ता तीन खास राशिलाई अत्यन्तै लाभदायी साबित हुनेछ। उनीहरुले अथाह धन र सौभाग्य सहित धेरै लाभहरू प्राप्त गर्नेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह : –
मङ्गलको गोचरले मिथुन राशिका मानिसहरूलाई धेरै खुशी दिनेछ। तपाईले छिट्टै खुशीको खबर प्राप्त गर्न सक्नुहुन्छ। जागिरमा बढुवाको अवसर मिल्नेछ। तपाईको कामको सर्वत्र चर्चा एवं प्रशंसा हुनेछ। व्यवसायीलाई पनि फाइदा हुनेछ। नयाँ व्यापार-व्यवसाय सुरुवात गर्न चाहनुहुन्छ भने यो सही समय हो।

मङ्गलको राशि परिवर्तनले समाजमा तपाईको मान-प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा पनि सफलता मिल्नेछ। पुराना रोकिएका काम समयमै पूरा हुनेछन्। ऋण दिएका पैसा फिर्ता हुनेछ। अड्डा-अदालतको मुद्दा-मामिलाहरु टुङ्गो लाग्नेछ। शत्रुले तपाईलाई केही हानि पुर्याउन सक्दैनन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ –
मेष राशिका व्यक्तिहरुका लागि मङ्गल ग्रहको गोचरले शुभ फल दिनेछ। भाग्यले हरेक कुरामा साथ दिनेछ। तपाईको आत्मविश्वास बढ्नेछ। तपाईको हिम्मत देखेर शत्रु पनि डराउनेछन्। कसैले पनि तपाईसँग निहुँ खोज्ने हिम्मत गर्न सक्दैनन्। कार्यक्षेत्रमा ठूलो नाम कमाउनुहुनेछ।

नयाँ क्षेत्रमा करियर बनाउन सक्नुहुन्छ। आफूभित्र रहेको प्रतिभालाई चिनेर केही ठूलो उपलब्धि हासिल गर्न सक्नुहुन्छ। तपाईको कामको सर्वत्र प्रशंसा हुनेछ। समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ। अविवाहितहरुले कुल घरानाबाट सम्बन्धको प्रस्ताव प्राप्त गर्नेछन्। स्वास्थ्य अवस्था राम्रो रहनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। तपाईमाथि भगवानको आशिर्वादको हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते: –
तुला राशिका व्यक्तिहरुले पनि मङ्गल वक्री हुँदा पूर्ण लाभ प्राप्त गर्नेछन्। वैदेशिक यात्राको सम्भावना छ। तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ।

धनको मामिलामा भाग्यले पनि साथ दिनेछ। कतै पैसा लगानी गर्ने सोच बनाउँदै हुनुहुन्छ भने यो सही समय हो। नयाँ घर या सवारी साधन खरिदको लागि पनि समय राम्रो छ।

घरमा सुख, शान्ति र समृद्धि रहनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। भगवानप्रतिको आस्था बढ्नेछ। जीवनमा विशेष व्यक्तिको प्रवेश हुन सक्छ। यो व्यक्तिले तपाईको जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याउनेछ। तपाईले आफ्नो जीवनको सबैभन्दा सुन्दर समय बिताउनुहुनेछ। परिवारमा सबै झगडा समाप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित