प्रहरीले बुझाएको प्रस्तावित राय सुझावमा अनुसन्धानबाट प्राप्त प्रमाण, आरोपी, जाहेरीकर्ता, होटेलका कर्मचारीको बयान, पीडितको स्वास्थ्य परीक्षण, सिसिटिभी फुटेज लगायतको प्रमाणको आधारमा बला-त्कार भएको उल्लेख गरेको छ।्
प्राप्त प्रमाणको आधारमा पीडित किशोरीको उमेर १८ वर्षभन्दा कम देखिएको र १८ वर्ष मुनिको नाबालिगको जवर्जस्ती करणी वा सहमतिमै करणी गर्नु ब-लात्कार समान हुने कानुनी व्यवस्था छ।
सन्दीपले बयानमा बला-त्कार नगरेको दाबी गरे पनि किशोरीसँग होटेलमा गएको स्वीकार गरेको, जाहेरीमा उल्लेखित मिति र समयमा उनीहरू होटेलमा गएको सिसिटिभीबाट प्रमाणित भएको, होटेलमा एउटै कोठामा बसेको देखिएको र किशोरीको स्वास्थ्य परीक्षणमा कन्या जाली च्यातिएको देखिएको प्रस्तावित राय सुझावमा उल्लेख छ।
यी नै प्रमाणका आधारमा क्रिकेटर लामिछानेले किशोरीलाई परिपन्चमा पारेर होटेलमा लगी बलात्का-र गरेको देखिएको भन्दै रायमा किशोरीको उमेर १६ वर्षमाथि तर १८ वर्ष मुनि देखिएकाले १२ वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने माग दाबी लिन सुझाव दिएको छ।
प्रहरीको अनुसन्धानको प्रस्तावित राय सुझाव अन्तिम हैन। प्रस्तावित राय सुझाव हेरेर सरकारी वकिलले अनुसन्धान अपुरो देखे पुन अनुसन्धान गर्न लगाउन सक्छ। प्रमाण र राय नमिलेमा माग दाबी बदल्न सक्छ।
तर, अधिकांश मागवादी प्रहरीको प्रस्तावित राय अनुसारै जाने गरेको देखिन्छ। प्रहरीले सन्दीपलाई हिरासतमा राख्न २ दिन म्याद लिएको छ। प्रहरीले प्रस्तावित राय बुझाइसकेकाले अब तिहारपछि अदालत खुलेपछि सन्दीप विरुद्ध अभियोग पत्र दर्ता हुने देखिन्छ।
अभियोग पत्र दर्तापछि आरोपीको बयान, पक्ष-विपक्षबाट थुन्ने कि छाड्ने भन्ने बहसपछि अदालतबाट सन्दीपलाई कारागारमा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने या धरौटी वा तारेखमा छाड्ने आदेश आउनेछ।
तीन वर्षबढि कैद हुनसक्ने अभियोगमा प्राय धरौटी निस्कँदैन। पुर्पक्षका लागि थुनाकै आदेश आउने गरेको देखिन्छ। सन्दीप विरुद्ध नाबालिग बला-त्कारको आरोप रहेकाले थुनछेक बहसपछि उनी जेल जाने सम्भावना बढी छ।





















Discussion about this post