बीमाको रकम हात पार्न श्रीमतीको हत्या, आफूसमेत गाडी नदीमा खसालेर दुर्घटनाको नौटंकी

एक व्यक्ति बगिरहेको नदीमा आत्तिएर चिच्याएपछि मानिसहरुले उनलाई सहयोग गरेर बाहिर निकाले । उनले मानिसहरुलाई आफू र श्रीमती कारमा भएको र पुलबाट कार खसेको बताए ।

उनलाई उपचारका लागि अस्पताल लगियो । धेरै समय खोजीपछि ४ किलोमिटर तल श्रीमतीको लाश भेटियो । पछि थाहा भयो कि यो दुर्घटना होइन निकै ठूलो षड्यन्त्र थियो । श्रीमानले श्रीमतीको बीमा रकमको लागि श्रीमतीको हत्या गरेपछि यतिसम्म बिचरा बनेर प्रस्तुत भए कि डेढ महिनासम्म कसैलाई पत्तै भएन ।

घटना भारतको मध्य प्रदेशको आगर मालवाको हो । आरोपी सन्तोष पुरीले पुलिस र अन्यलाई झुक्याउनका लागि आफूहरु पुष्करबाट आउँदै गर्दा कुनै अर्को गाडीले आफूहरुको गाडीलाई ठक्कर दिएको बताए ।

उनले पुलिसलाई आफूहरु कसरी नदीमा खसे, कसरी मानिसहरुले आफूलाई बचाए भन्ने सबै कहानी सुनाए । तर, उनले जरी आफूलाई प्रस्तुत गरेका थिए उनी त्यस्तो नभएको कसैले पत्तै पाउन सकेनन् ।

पछि पुलिसलाई मृतक युवतीका परिवारले जानकारी दिए कि यी व्यक्तिले केही दिन पहिले मात्रै मृतक पत्नीको बिमा गराएका थिए र बिमा रकमको लाभग्राही आफैं थिए । यो जानकारी पाएसँगै पुलिसलाई शंका भयो र घटनाको जाँच सुरु भयो ।

जाँचमा थाहा भयो कि आरोपी सन्तोष पुरीको यो दोस्रो बिहे थियो । मृतका रिंकु पुरीसँग सन्तोषले प्रेमविवाह गरेका थिए । पुलिसको अनुसन्धानमा थाहा भयो कि सन्तोषले श्रीमतीलाई जिउँदै कारसमेत पानीमा धकेलेका थिए । उनी आफू कारमा थिएनन् कार खसेपछि उनले पनि पानीमा हाम्फालेका थिए ।

हत्यालाई दुर्घटनाको रुप दिएर सन्तोष हत्या आरोपबाट बच्ने र बीमा रकम पनि हात पार्ने दाउमा थिए । ७ अक्टोबरमा उनले यो षड्यन्त्रअनुसार श्रीमतीलाई कारसहित नदीमा धकेलेका थिए र आफूलाई बचाउने पूरै योजना बनाएका थिए । मृतक रिंकुलाई पनि यो कुराको शंका पहिल्यै भइसकेको थियो ।

यसअघि सन्तोषले आफ्नी भाउजुको पनि बीमा गराएका थिए जसको लाभग्राही सन्तोष नै थिए । केही समयपछि नै भाउनुको रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । रिंकुले आफ्ना माइतीलाई यो कुरा बताएकी थिइन् जसको रेकर्डिङले सन्तोषको पोल खुल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित